२० बैशाख २०८३, आइतबार | May 3, 2026

धानचामल आयातमा करिब रु १७ अर्ब करोड ८२ वृद्धि



काठमाडौँ । मुलुकमा धानचामल आयात गत वर्षको तुलनामा करिब रु १७ अर्ब ८२ करोड वृद्धि भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु ३८ अर्ब ९४ करोडको धानचामल आयात गरेकामा गत आवको सोही अवधिमा रु २१ अर्ब १२ करोड बराबरको आयात गरिएको थियो । प्रत्येक महिना औसत रु तीन अर्बभन्दा धेरैको धानचामलको आयात बढेकाले असार मसान्तसम्म थप रु तीन अर्ब मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

भारत सरकारले आफ्ना उद्योगीलाई केही वर्षदेखि निर्यातमा लगाएको कर घटाएका कारण त्यसको नकारात्मक प्रभावले आयात बढी भएको तथा तीन वर्षदेखि ‘बफर स्टक’मा रहेको धानचामल तुलनात्मक रूपमा केही सस्तो मूल्यमा पाइएका कारण पनि नेपालमा आयात बढेको छ ।

मन्त्रालयका अनुसार चालु आवको ११ महिनामा रु १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा रु १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो । बाह्य मुलुकबाट वस्तु स्वदेश आयात वृद्धि हुँदा व्यापारघाटा थप नकारात्मक हुने अनुमान गरिएको छ ।

मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार सामान्यतया देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग रहेकामा करिब ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । करिब १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ । स्वदेशी उत्पादनले धानचामलको माग धान्न नसक्दा आपूर्ति सहज बनाउन आयात गरिन्छ ।

कृषि उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, अनुदानको व्यवस्थासहित यस क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : ४० बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख