काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी ज्यूले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको…