१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलमा रात्रीकालिन बजार सञ्चालन गर्ने विषयमा व्यवसायिक संघसंस्थाबीच छलफल



बुटवल । रात्रीकालिन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदामाथी बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले रात्रीकालिन बजार कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको साथै सुरक्षा समितिले बनाएको बजार सञ्चालन मापदण्डका विषयमा अन्तरक्रिया गरेका हुन् । जिल्ला सुरक्षा समितिले रात्रीकालिन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा बनाएर व्यवसायिक संघसंस्थाहरुलाई छलफल गरी सुझाव दिन आग्रह गरेकोे थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीसंगै ओरालो लागेको व्यापार व्यवसाय मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीले झनै धाराशाही भएको र व्यवसायीहरुलाई टिकाउन र यहाँको बजार चलायमान बनाउन सकिन्छ की भनेर रात्रीकानि बजारको अवधारणा ल्याईएको बताए ।

अन्तरक्रिया कार्यक्रममा रात्रीकालिन बजार पहल पैरवी समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रतिक पोखरेलले सुरक्षा समितिले तयार गरेको बजार सञ्चालन मापदण्ड मस्यौदाका विषयमा प्रकाश पार्दै रात्रीकालिन व्यवसाय सञ्चालन गरियो भने यसका माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सकिने र त्यसका माध्यमबाट बजार पनि चलायमान हुने र व्यापार व्यवसाय पनि प्रवद्र्धन हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघले बुटवलको अमरपथ र कालिका पथमा रात्रीकालिन बजार सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
कार्यक्रममा व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरुले रात्रिकालिन बजारको अवधारणा राम्रो भएको बताउँदै शान्ति सुरक्षाका विषयमा स्वयम व्यवसायी पनि संवेदनशिल हुनुपर्ने बताएका थिए । तर सुरक्षा समितिले तयार गरेको मापदण्डका कतिपय प्रावधान सुधार गर्नुपर्ने उनीहरुको भनाई छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदिप श्रेष्ठ र वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रात्रीकालिन व्यवसाय रातीको समयमा सञ्चालन हुने भएकाले शान्ति सुरक्षाको विषयमा प्रहरी प्रशासन मात्रै नभएर स्वयम् व्यवसायी पनि संवेदनशिल हुनुपर्ने भनाई राखे । त्यस्तै सिसिटिभि, लाईट अनिवार्य रहेको बताउँदै त्यो कसले राख्ने र त्यसको मोनिटरिङ् कसले गर्ने भन्ने विषयमा पहिले नै प्रष्ट हुनुपर्ने उनीहरुले बताए ।

होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले उद्योग वाणिज्य संघले गरेको यो पहल सर्हानीय रहेको बताउँदै यो कार्यक्रम सञ्चालन गर्न सकियो भने देशमै उदाहरणीय हुने बताए । उनले शान्ति सुरक्षाको दृष्टिकोणले पनि होटल व्यवसायीले पहिले आफ्ना व्यवसायलाई व्यवस्थित गर्ने र सुरक्षा समितिले बनाएको मापदण्डको अक्षरस पालना गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नाटा लुम्बिनी प्रदेश सहित यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरु होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ लगायतका व्यवसायिक संघसंस्थाका प्रतिनीधिहरु तथा संघका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

सोही अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका घरधनीसंग बहाल भाडा सके घटाउन र नसके नबढाउन आग्रह गरिएको छ । कोरोना महामारी पछि व्यापार व्यवसाय घट्दो क्रममा रहेकाले व्यापार व्यवसाय बचाउनको लागि पनि घर भाडा घटाउन आग्रह गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ३५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग