काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । आइतबार मध्यरातदेखि लागु हुनेगरी सरकराले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो । जसअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ बढेको छ । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यतिधेरै मूल्यवृद्धि भएको यो नै पहिलोपटक हो ।…