२९ भदौ २०८३, सोमबार | September 14, 2026

आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन देउवाले दिए गर्भनर अधिकारीलाई सुझाव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे ब्रिफिङको क्रममा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्थालाई सुधार गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् । गर्भनर अधिकारीले अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आज ब्रिफिङ गरेका हुन् ।

त्यसक्रममा अधिकारीले आगामी साता मौद्रिक नीति ल्याउने जानकारी गराएका थिए ।

भेटका क्रमममा गभर्नर अधिकारीको राजनीतिक संलग्नताबारे प्रधानमन्त्रीले कुनै प्रश्न गरेनन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै उनको आलोचना भएको थियो । यद्यपी, अधिकारी स्वयं र एमालेले त्यसको खण्डन गरको छन् ।

ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ३ : ५७ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको