बुटवल । सरकारले उद्योगमुखी नीति कार्यान्वयन गर्न नसकेको उद्योगी, ब्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले उद्योगीहरुलाई केवल कर असुल्ने साधनकारुपमा मात्र लिएको आरोप लगाउँदै उद्योग मन्त्रालयमा संघीयताले नछोएको टिप्पणी गरेका छन् । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको सहकार्यमा बिहिबार रुपन्देहीमा आयोजना गरिएको औधोगिक कोरिडोरका…