११ बैशाख २०८१, मंगलबार | April 24, 2024

शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गर्ने



काठमाडौ । शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमाको योजना ल्याएको छ । दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको हो ।

यस्तै शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरु संग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी विमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधी बताएका छन् ।

उक्त अन्र्तक्रिया कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क विमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ३३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना