काठमाडौं । ग्लोबल आइएमई बैंकले देशका विभिन्न जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले आइतबार पाँचथर, तेह्रथुम, धनुषा, बागलुङ र दैलेखका ६ अलग अलग स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । जसअनुसार तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बागलुङको बाडिगड गाउँपालिका सिमालचौर र पाँचथरको याङवरक…