काठमाडौं । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५:१५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ । जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ…