काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज (आइतबार) भारतको मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा हुँदैछ । उपाधिका लागि आयोजक भारत र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा आमनेसामने हुनेछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । भारतले यसअघि सन् २००५ र २०१७ मा फाइनल पुगे पनि उपाधि जित्न…