काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध चौथो सफलता हात पारेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ । खेलको १३ औँ ओभरको चौथो बलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका ज्याकब बेथेललाई आउट गर्दै टोलीलाई चौथो विकेट दिलाएका हुन् । बेथेललाई लोकेश बमले क्याच…