काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट श्रृंखलामा नेपाल सतप्रतिशत जितसहित फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेसँगै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) पनि नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित टियु क्रिकेट…