१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध



काठमाडौं । स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।

चुआमेनीले सन् २०२१-२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि चुवामेनी लिभरपुल, म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) जाने चर्चा थियो ।

मड्रिडले समरमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलाई नसकेपछि चुआमेनीलाई क्लबमा अनुबन्ध गरेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ४७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर