काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो । इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए। खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता…