काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो कब्जामा पारेको छ । कोलकत्तामा गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो । भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सकेको थियो…