बुटवल । 'स्वास्थ्यका लागि दौड' भन्ने मूल नारासहिछ बुटवलमा शनिबार मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । चिकित्सक संघ लुम्बिनी प्रदेशको आयोजनामा यहाँका विभिन्न संघ-संस्थामा आवद्ध सदस्यहरू बीच दौड प्रतियोगिता हुने भएको हो । बुटवलको कालिकानगरदेखि तिलोत्तमाको मँगलापुरसम्म ७ किलोमिटर दूरीमा हुने प्रतियोगितामा व्यवसायिक धावक नभई संघ संस्थाका सदस्यहरु बीच प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष…