५ भदौ २०८३, शुक्रबार | August 21, 2026

तेस्रो मेयर कप बुटवल खुल्ला लन टेनिस प्रतियोगिता : प्रदिपको हयाट्रिक



जिवनको पहिलो उपाधि, हयाट्रिकसहित अहिलेसम्म १५ औ उपाधि चुम्दा खुशी छु – खड्का

बुटवल । नेपालका नम्बर वन लनटेनिस खेलाडी प्रदिप खड्काले आफनो खेलकुद जिवनको १५ औ तथा बुटवल खुला लन टेनिसमा हयाट्रिक गरेका छन् । रुपन्देहीमा सम्पन्न तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को फाईनलमा बुटवलका रितिक रानालाई ट्राईबेकरमा पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

रुपन्देहीको प्रतियोगिताको पहिले संस्करणमा प्रणव खनाल विजेता थिए । दोस्रोमा प्रदिप खड्का बने, त्यसपछि तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बने भने पछिल्लो ३ वर्ष लगातार प्रदिपले उपाधि आफनो नाममा गर्न सफल भएका छन् ।

देविनगरस्थित टेनिस कोर्टमा भएको फाईनल खेलमा रितिकले ६–३ अंकसहित पहिलो सेट जित निकाले । तर दोस्रो सेट भने ७–६ ले प्रदिपले आफनो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदिप कम ब्याक गर्दै ६–१ को अंकले जित निकाल्दै उपाधि कब्जा गरे ।यहाँ खेल्दा आफुले धेरै सपोर्ट पाउने गरेको भन्दै उनले बुटवल आफनो दोस्रो घर भएको बताए । ‘बुटवललाई दोस्रो घर मान्छु ।’–उनले भने । जिवनकै पहिलो टाईटल बुटवलमै जितेको साथै अहिले १५ औ उपाधि चुम्दा धेरै हर्षित भएको उनले बताए ।

शुक्रबार नै भएको ३५ प्लस सिगलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाईनलमा सन्तोष खत्रीलाई ६–.४, ६–१ को सेटमा पराजित गदैै उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई .६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

आज सम्पन्न प्रतियोगिताको समापन समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बागमति टेनिस संघका अध्यक्ष मनोज सम्शेर राणा, कास्की लनटेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, कर्णेण मछिन्द्र थापा, संघका संस्थापक अध्यक्ष अशोक गुरुङ, प्रतियोगिताका सुपरभाईजर राजन पौडेलले प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ४१ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका