काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्र्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्र्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे…