४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रले डाक्यो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११-१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ । २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।