काठमाडौं ।नेकपा (माओवादी केन्द्रले) राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तारलाई पहल गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारका लागि कानुनी जटिलता अन्य हुनुपर्ने निस्कर्ष निकालेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलहरुसँग मन्त्रिपरिषद् विस्तारमा भैरहेको ढिलाई र अध्यादेशबारे भैरहेको छलफलबारे ‘ब्रिफिङ’ गरेका…