काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतकहरुसँग छलफल गरेका छन् । निरन्तर अवरोध हुँदै आएको प्रतिनिधिसभा बैठकलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारेमा सहमति खोज्न सभामुखले छलफल गरेका हुन् । प्रमुख सचेतकहरुसँग सभामुख छलफलमा बसेपछि प्रतिनिसभाको बैठक बस्न ढिला भएको छ । यसअघि आज ११ बजे बैठक बस्ने गरी मंगलबार सभामुखले बैठक स्थगित गरेका थिए…