४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशप्रमुख धर्मनाथ साहले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेले एकल बहुमत गुमाए पनि प्रदेशप्रमुखले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पोखरेलले आजै बिहान मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।