७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जसपाबाट लुम्बिनी सरकारमा मन्त्री बनेका निलम्बित चार सांसद अलपत्र, सर्वोच्चले दर्ता गरेन रिट



काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि जनता समाजवादी पार्टी जसपाबाट सरकारमा मन्त्री बनेका निवर्तमान चार सांसद अलपत्र परेका छन् ।

आफ्नै पार्टीको नीति विपरित एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्री समेत बनेका चारै जना सांसदको पद गुमिसकेको छ भने मुख्यमन्त्रीले राजीनामा दिएपछि उनीहरुको मन्त्री पद समेत अलपत्र परेको छ । त्यसो त, निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयको मन्त्री पदसमेत सांसद पद गुम्ने वित्तिकै गुमेको थियो, यद्यपी, पुनः सपथग्रहणका लागि उनीहरु प्रतिक्षारत थिए ।

अब, एमालेको समेत सरकार बन्ने या नबन्ने टुंगो लागेको छैन । मुख्यमन्त्री पोखरेलले आफ्नो पार्टीको बहुमत रहेको दाबी गर्दै नयाँ सरकार गठन गर्ने तयारी गरिरहँदा एमालेकी भनिएकी सांसद विमला वलीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी छिन् । तत्कालिन नेकपाबाट निर्वाचित वलीको पद माओवादी केन्द्रमा प्रवेश गर्दैमा गुम्ने अवस्था छैन । त्यसैले शंकर पोखरेलकै मुख्यमन्त्री पद धरापमा परिसकेका कारण जसपाबाट मन्त्री बनेका चार जनाको अवस्था यता न उताको बनेको छ ।

यसैबीच आफूलाई कारवाही गर्ने पार्टीको निर्णय र प्रदेशसभाको अनुमोदन विरुद्ध सर्वोच्च अदालत पुगेका ती चारै जना सांसदको रिट सर्वोच्च प्रशासनले फिर्ता पठाइदिएको छ ।

कोरोना महामारीका कारण सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक विषयको रिट मात्रै दर्ता हुनसक्छ । सर्वोच्च प्रशासनले निषेधाज्ञा हटेपछि मात्रै रिट दर्ता गर्न आउनुभन्दै उनीहरुलाई रित्तो हात पठाइदिएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  २ : ४१ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले