१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्ने एमाले संसदीय दलको निर्णय



बुटबल । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन: शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ ।

बुटवल स्थित होटल न्यु ईरामा बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अगाडि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिए ।

नेकपा एमालेको यो निर्णयसँगै लुम्बिनी प्रदेशमा आजै शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुन सक्ने र पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए ।

मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष बुझाएको राजीनामा आजै स्वीकृत भएको थियो ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : ०३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग