काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेट गरेकी छिन् । राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् । सत्तारूढ पार्टीभित्र चलेको चरम अन्तर्संघर्षकै बीचमा राजदूत यान्छीले सो पार्टीका दुई शिर्ष नेतृत्वसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि…