७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विप्लव नेकपाका दुई नेता नख्खुबाट पक्राउ, विना शर्त रिहा गर्न माग



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुई वरिष्ठ नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाको केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थविभाग सदस्य सञ्जीवन नेपाल (सुवर्ण) ललितपुरको नख्खुबाट पक्राउ परेका हुन् । चन्दा उठाउने काममा सक्रिय रहेको अवस्थामा उनीहरुलाई पक्रउा गरेको प्रहरीले जनाएको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले वक्तव्य प्रकाशित गरी आफ्ना दुई नेताहरुलाई प्रहरीले ‘आपराधिक र अपहरणकारी शैलीमा’ पक्राउ गरेको पुष्टि गर्दैै तत्काल विनाशर्त रिहा गर्न माग गरेका छन् ।

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील नेताहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी विश्वकर्माले गरेका छन् ।

नख्खु क्षेत्रका व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई प्रहरीले गत शुक्रबार दिउँसो पक्राउ गरेको थियो । आफ्ना नेताहरुको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको प्रवक्ता विश्वकर्माले जिकिर गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।’

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ३६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल