काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा कांग्रेस नेताहरुबाटै निरन्तर प्रश्न उठिरहेको बेला ओली र देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार भएको भेटवार्तामा दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउन ओलीदेउवाबीच सहमति भएको जनाइएको छ। सरकारको काम सुस्त भएको र जनअपेक्षाअनुसार काम नभएको…