सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् । नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे…