७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसदमा प्रचण्डको सम्बोधन – सरकारको कुशासन र भ्रष्टाचारको कारण लोकतन्त्र विरोधीहरू हौसिए



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले आठमहिनासम्म गरेको कुशासन र भ्रष्टाचारका कारण लोकतन्त्र विरोधी र राजावादीहरु हौसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले सरकारले कुशासन र भ्रष्टाचारको काण्डैकाण्ड मच्चाएका कारण जनता विकल्प खोज्ने अवस्थातिर लागेको बताए । उनले देशभित्र र बाहिरका शक्तिकेन्द्रले जनताको यो असन्तोषलाई आफ्नो पक्षमा पार्न प्रयत्न गरेको जिकिर गरे । उनले अहिले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरे । उनले वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।

अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र र लोकतन्त्र ल्याउन माओवादी युद्धसहित कैयौं आन्दोलनको बल रहेको त्यसका लागि ढुंगाढुंगामा जनताको रगत लतपतिएको बताए । तर, जनताको बलिदान र रगत पसिना मिसिएर आएको लोकतन्त्र कमजोर नरहेको स्पष्ट पारे । उनले राजतन्त्र र राजावादीहरुले व्यवस्था नै परिवर्तन गर्न प्रयास गरे त्यस विरुद्ध इतिहास निमर्म बन्ने चेतावनी पनि दिए । उनले इतिहासका गौरवपूर्ण कालखण्डलाई आज सबैले अझ विवेक तथा कृतज्ञताका साथ स्मरण गर्नुपर्ने बेला आएको बताए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : १६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११