७ आश्विन २०८३, बुधबार | September 23, 2026

आपसी मतभेद एवं असमझदारी हटाएर पार्टी एकजुट बनाउन सके जितको लहर : सभापति देउवा



सुदूरपश्चिम ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् ।

नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, “चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।”

पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै सङ्घीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

उनले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिए । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।

गोदामघर हस्तान्तरण
यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) अन्तर्गत धनगढी उपमहानगरपालिका–१३ मा निर्मित प्रादेशिक आपत्कालीन गोदाम घर आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई आज उक्त गोदाम घर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा गृहमन्त्री लेखकले जुनसुकै बेला हुनसक्ने जोखिमको विपद् व्यवस्थापन गर्ने पहिलो निकाय स्थानीय सरकार रहेकाले यस्ता गोदाम घर स्थानीय सरकारसँग पनि हुन जरुरी रहेको बताए । उक्त गोदाम घर अबदेखि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत सञ्चालन एवं व्यवस्थापन हुने भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई