काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटबार्ता भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो । ‘आज बिहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान…