७ आश्विन २०८३, बुधबार | September 23, 2026

विपक्षी दलहरूको निर्णय – अध्यादेश अस्वीकार गर्ने, जनपक्षीय मुद्दामा एकजुट हुने



काठमाडौं। विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले अध्यादेश ल्याउन सक्ने भएपनि अहिलेको अध्यादेशहरु संसद छल्नकै लागि ल्याएको तर आफुहरुको दबाबका कारण संसद अधिवेशन बोलाउन सरकार बाध्य भएको उनीहरुले निस्कर्ष निकालेका छन् । जनतालाई छिटो सेवा दिने नियत भएको भए कात्तिक मंसिरमै अध्यादेश ल्याउन सक्ने अवस्था भए पनि सरकारको नियत खराब भएकोमा सबै दलको साझा धारणा रखेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । विपक्षी दलहरुले अध्यादेशका कन्टेन्टका बारेमा भने प्रतिस्थापन विधेयक आएपछि छलफल गर्ने जनाएका छन् ।

बैठकले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा जोडदार आवाज उठाउने समेत निर्णय गरेको पाण्डेले बताए । जनताका सवाज जोडिएका विषयमा विपक्षीहरु एक भएर संसदमा कुरा उठाउने निर्णय भएको उनले जानकारी दिए ।

संसदको हिउँदे अधिवेशन भोलि शुक्रबार देखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ११ : १७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज