काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा बैठक बसिरहेको हो । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पार्टी कार्यालयलाई मर्मत गरेपछि पहिलोपटक सचिवालय बैठक आफ्नै भवनमा बसेको हो । बैठकमा यही मंसिर २७–२९ गते हुने महाधिवेशनको तयारीका विषयमा छलफल हुँदैछ । बैठकले महाधिवेशनका व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गर्नेछ…