काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको…