६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

मुलुकलाई असफल पार्ने दुष्प्रयास भइरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेको बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार आयोजना गरेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व लागेका टिप्पणी समेत गरे ।

“अहिले परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।”, प्रधानमन्त्रीले भने, “जानी नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्यतथ्यको बाटो नभइ झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नुपर्दैन । भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ ।”

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र)को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे। अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  २ : १८ बजे

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति