४ असार २०८२, बुधबार | June 18, 2025

राजदुतबारे निर्णय गर्ने संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित



काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

यस अघि सुनुवाइ गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो ।

 

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ११ : २१ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक