१७ पुस २०८२, बिहिबार | January 1, 2026

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०औं बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको बताए ।…