काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको शिष्टाचार भेटको क्रममा राजदूत फेनले यस्तो बताएका हुन् । उनले नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताए ।…