नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य र सत्ता साझेदार कांग्रेस संसदीयदलका नेता डिल्लीबहादुर चौधरी प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न काठमाडौं पुगेका छन् । आ-आफ्नो संसदीयदलबाट मन्त्रीहरुको नाम छान्न नसकेपछि मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीयदलका नेता चौधरी शीर्ष नेतासँग नाम माग्न काठमाडौं गएका हुन् । मुख्यमन्त्री नियुक्त भएको त्यसै दिन वा…