काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ ग्रहरण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत एमाले कांग्रेसका सांसदहरु एवं…