२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ ग्रहरण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत एमाले कांग्रेसका सांसदहरु एवं नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । गत शुक्रबार असार २८ गते निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सोही साँझ नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा आफुलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।

ओली योसहित चौंथो पटक प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५३ बजे

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने