१८ पुस २०८२, शुक्रबार | January 2, 2026

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले उपनिर्वाचनको परिणामले जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टी भएको बताए । २०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी…