काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता समिकरण परिवर्तन गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीले अप्रत्यासित कदम भएको निश्कर्ष निकालेको छ । एकीकृत समाजवादीको आकस्मिक बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भएको ठहर गरेको हो । कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एसका उपमहासचिव जगन्नाथ…