१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादीलाई उपयोग गर्ने कल्पना कसैले नगर्दा हुन्छ : प्रचण्ड

'माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन'



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन्। उनले माआवादी कहिल्यै पनि उपयोग नहुने दाबी गरे ।

सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे ।

“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिथि सिर्जना गर्दै अगाडि बढ्ने शाक्ति हो ।”

सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा साहदात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले भने, “माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।”

आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए । उनले थपे, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।”

प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे । सहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।”

आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिहरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।

क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मानिस दुई खुट्टाले हिड्नुपर्छ, कहिले दायाँ र कहिले बाँया खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिड्नुपर्छ ।”

नेपालले वैज्ञानिक र सन्तुलित भूराजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले प्रचण्डले त्यसका लागि ध्यान दिनुपर्ने बताए। उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ३ : ४७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान