नेपालगन्ज । संघीय सरकारले दिएको जनयुद्ध दिवसको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरिदिएपनि रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदा दिएको छ । माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा भन्दै बिदा दिने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना मार्फत जानकारी गराएका छन्…