१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गरिबे शेखको अर्को काण्ड : कार्यक्रम गर्न गएका बैद्य माओवादी कार्यकर्तामाथि आक्रमण



खजुरा । आफ्नै पालिकाका प्राबिधिक कुटेर चर्चा कमाएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले पार्टीको कार्यक्रम गर्न गाउँ पुगेका माओवादी बैद्य समुहका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

आज मध्यान्ह नियमित कार्यक्रम अन्तर्गत पार्टीको कार्यक्रम गर्न खजुरा ५ पुगेका बैद्य माओवादीका कार्यकर्ताहरुलाई वडा अध्यक्ष शेखको अगुवाईमा आक्रमण गर्दै कुटपिट गरिएको छ । गरिबे नेतृत्वको समुहको आक्रमणबाट कम्तीमा ५ जना सो समुहको कार्यकर्ताहरु घाइते भएका छन्  । आक्रमणबाट कृष्ण शाह, प्रेम थापा, खेरण चौधरी, तिलक गिरि र जगत ओली घाइते भएको बैद्य माओबादी स्रोतले जनाएको छ ।  घाइतेहरुको भेरी अस्पतालमा उपचार भै रहेको छ ।

३ जना राजनीतिक कार्यकर्ताहरु सामान्य घाइते भएको र दुई समुहबीच हातहालहाल भएको बाँके प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताए ।

वडा अध्यक्ष शेखले भने सुरक्षा भत्ता बाँडिरहेको स्थानमा झण्डा सहित आएका ९ जनाको समुहले पहिले आफुमाथि आक्रमण गरेको र गाउँलेले प्रतिकार गर्दा ४ जना समातिएको र ५ जना भागेको बताए ।

मंगलबार मात्र आफै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेको खजुरा ६ को एक बिद्यालयमा बिना नापजाँच कार्य सम्पन्न प्रतिबेदन नबनाएको भन्दै वडा अध्यक्ष गरिबेले गाउँपालिकाका प्राबिधिक लिलाराज धामीलाई मुक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ०४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान