२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सर्वोच्चले खारेज गरेको जनयुद्ध दिवस रोल्पाको स्थानीय सरकारले मनाउँदै



नेपालगन्ज । संघीय सरकारले दिएको जनयुद्ध दिवसको सार्वजनिक बिदालाई सर्वोच्च अदालतले बदर गरिदिएपनि रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदा दिएको छ ।

माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा भन्दै बिदा दिने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना मार्फत जानकारी गराएका छन् ।

उक्त दिन गाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ । उक्त गाउँपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।

सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय खारेज गरेको थियो ।

जनयुद्ध दिवसमा प्रचण्ड मन्त्रिपरिषदबाट बिदा दिने निर्णय गर्दै राजपत्रमा सूचना समेत प्रकाशित भएकोमा सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ४३ बजे

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच

गरिबका छोराछोरी पढ्ने तिब्बतका सुविधा सम्पन्न विद्यालय

छिरिङ ड्रोल्मा तिब्बत स्वायत्त प्रदशेको एक विद्यालयमा अध्ययन गर्छिन् ।

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास