चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै नेपालले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले भ्रष्टाचारका केश (मुद्दा)मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित…