३० बैशाख २०८१, आइतबार | May 12, 2024

एनसेल खरिदबिक्रि अस्वभाविक देखिन्छ, कानून विपरित भए हदैसम्मको कावाही हुन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीमा कानून विपरित काम भएको भए हदैसम्मको कारवाही गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा एनसेलबारे जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले खरिदबिक्रि स्वाभाविक नभएको बताए । उनले कहिँ न कहिँ गडबडी भएको आशंका व्यक्त गर्दै कानूनलाई मिच्ने काम भएको भए हदैसम्मको कारवाही गर्ने स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।’

प्रधानमन्त्रीले एनसेलको शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्री गरेको भन्ने कुरा आफु कोप सम्मेलनका लागि दुबईमा भएको बेला सुनेको बताए । स्वदेश फर्किएको भोलिपल्टै भोलिपल्टै मुख्य सचिवलाई बोलाएर देशको हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गर्न लगाएको उनले जनाए ।

एनसेलबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको जनाउँदै उनले समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : २५ बजे

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक

आजको मौसम : आज चार प्रदेशमा दिनभर वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा