काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेको आसन्न महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्नसक्ने क्षमतावान नेतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएकी छन् । पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले देशभरका प्रतिनिधिले जेनजी आन्दोलनको भावनालाई समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताइन् । तत्कालीन सरकारले जेनजी युवाको…